यू–१९ विश्वकप क्रीकेटको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।
नेपालले पहिले ब्याटिङ गर्दै दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले ५ विकेट गुमाउँदै २५.२ ओभरमा पूरा गर्यो ।
नेपालका लागि सुवास भण्डारीले ५ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो ।
बंगलादेशका रोहनत दोउल्लाह बोर्सनले ८.५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । शेख प्रवेज जीवनले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले १/१ विकेट लिए ।
अब आईसीसी विश्वकपको सुपर सिक्सअन्तर्गत नेपालले यही शुक्रबार भारतसङ्ग खेल्नेछ । नेपालले अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगे पनि सेमिफाइनल यात्रा भने यसअघि नै सकिएको छ ।