काठमाडौं, ४ साउन । एसिया कप महिला क्रिकेटको पहिलो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
श्रीलंकाको रनगिरी डम्बुल्ला इन्टरनेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ । इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रो पल्ट एसिया कपमा सहभागिता जनाउन लागेको हो ।
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल आइतबार पाकिस्तानविरुद्ध खेल्ने छ भने समूहचरणको अन्तिम खेलमा नेपालले मंगलबार भारतको समाना गर्नेछ ।
प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । आजै हुने अर्को खेलमा भारत र पाकिस्तान आमनेसामने हुनेछन् ।