काठमाडौं, ८ फागुन । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुण्डोलमा बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमानै मृत्यु भएको छ ।
जन्ती तेमाल पुर्याएर धादिङ फर्कने क्रममा ना४ख ८८१७ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा तेमाल-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी चौकी पचुवारघाटका प्रहरी हवल्दार शम्भु बोहोराले जानकारी दिए ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
onlinekhabar बाट