धनगढीमा मृत भेटिएका युवकको हत्या भएको खुल्यो, दुई जना पक्राउ

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, २६ जेठ । कैलालीको धनगढीमा मृुत भेटिएका युवकको हत्या भएको खुलेको छ ।

उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेका २० वर्षीय राजकुमार रानाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले आइतबार मृत भेटिएका कैलारी गाउँपालिका–९ गदरियाका रानाको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए ।

उनकाअनुसार हत्यामा संलग्न भएको अभियोगमा धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानालाई पक्राउ गरिएको छ । उनीहरुसहित चार जनाले रानाको कुटपिट गरी हत्या गरि शव मोहना नदी किनारमा फालेको देखिएको प्रहरीको भनाइ छ ।

उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अन्य दुुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Presspatra

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *