सञ्चारको बदलिँदो परिवेश र प्रतिस्पर्धी युगलाई आत्मसात गर्दै गुणस्तरीय, विश्वसनीय र जिम्मेवार सूचना सम्प्रेषणमार्फत आम नागरिकलाई सुसूचित गराउनुका साथै देशको विकासमा टेवा दिने उद्देश्यले धनगढी सञ्चार केन्द्र प्रा.लि.को स्थापना गरिएको हो । कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग तथा प्रेस काउन्सिल नेपालबाट मान्यता प्राप्त यस संस्थाले www.dhangadhitoday.com
मार्फत सत्य, सन्तुलित र समयसापेक्ष समाचार सामग्री प्रकाशन गर्दै आइरहेको छ ।
