धनगढी, १ साउन । आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताले विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने भएको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने सबै घरायसी उपभोक्तामा ५ प्रतिशत भ्याट लाग्ने भएको हो । नयाँ व्यवस्थाअनुसार ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्ताले विद्युत् महसुलसँगै ५ प्रतिशत भ्याट पनि तिर्नुपर्नेछ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभर ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको सङ्ख्या झन्डै ३० लाख रहेको छ ।
सरकारले कर प्रणालीलाई व्यवस्थित बनाउने र राजस्व संकलन वृद्धि गर्ने उद्देश्यले यो व्यवस्था लागू गरेको जनाएको छ । नयाँ व्यवस्था आजदेखि लागू भई विद्युत् महसुलमा समावेश हुनेछ ।

प्रतिक्रिया
FaceBook Comment Plugins