दादुरा रुबेला रोग विरुद्ध दुई दिनमा पुनर्वासका ८ हजार बढि वालबालिकाले खोप लगाए

धनगढी टुडे समाचार डेस्क

केशब भट्टराई :

advertisement

देशब्यापी रुपमा फागुन १३ गतेबाट दादुरा रुबेला रोग विरुद्धको खोप अभियान चलिरहेको छ। यसैक्रममा कंचनपुरको पुनर्वासमा दुई दिनमा ८ हजार बढिले वालबालिकाले दादुरा रुबेला रोग विरुद्धको खोप लगाएका छन् । १३ गते ३ हजार ८ सय ५७ र १४ गते ४ हजार ४ सय २९ गरि दुई दिनमा ८ हजार २ सय ८६ बालाबालिकाले दादुरा रुबेला रोग विरुद्धको खोप लगाएको पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले बताउनुभयो ।

advertisement

अभियान संचालन भएको पहिलो दिन आईतवार ९ महिना देखि ५ बर्षभित्रका ९ सय १९ र ५ बर्ष देखि १५ बर्ष सम्मका २ हजार ९ सय ३८ गरी ३ हजार ८ सय ५७ बालाबालिकाले दादुरा रुबेला रोग विरुद्धको खोप लगाएको हुन । यस्तै अभियानको दोस्रो दिन सोमबार ९ महिना देखि ५ बर्ष भित्रका ८ सय ८३ र ५ बर्ष देखि १५ बर्ष सम्मका ३ हजार ८ सय ४६ गरी ४ हजार ४ सय २९ बालाबालिकाले दादुरा रुबेला रोग विरुद्धको खोप लगाएको पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले जानकारी दिनुभयो ।


आईतवार र सोमबारको अवस्थामा हेर्ने हो भने यो उत्साहजनक सहभागीता रहेको स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो । उहाले खोपका कारण अहिलेसम्म काहींकतै समस्या नदेखिएको बताउदै सबैले ढुक्क भएर खोप लगाउन समेत आग्रह गर्नुभयो ।


दादुरा रुबेला रोग विरुद्धको खोप अभियान पुनर्वासमा फागुन २१ गते सम्म चल्ने छ भने यहाँका १८ हजार बढी बालाबालिकालाई खोप लगाउने लक्ष्य रहेको पालिकाले जनाएको छ ।