सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

सुमन श्रेष्ठ

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

advertisement

शुक्रबार बिहान सभामुख र राष्ट्रिय सभा अध्यक्षले शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुख र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको जानकारी दिए।

advertisement

‘आज बिहान १० बजेदेखि आधा घन्टा उहाँहरूबीच भेटवार्ता भएको हो,’ उनले भने, ‘संसदमा जारी अवरोधबारे छलफल भएको छ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार सदन अवरोध गर्दै आएको छ।

राष्ट्रपति पौडेलले सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे जानकारीसमेत लिएका छन्।

साथै सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट सहयोगको पनि सभामुख र राष्ट्रिय सभा अध्यक्षले अपेक्षा राखेका छन्।

यसैबीच राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार अपराह्न शितल निवासमा भेटवार्ता भएको थियो।

यो पनि: राष्ट्रपतिले शितल निवासमा प्रधानमन्त्री प्रचण्डसँग राखेका ३ चासो