चितवन–३(क) बाट बागमती प्रदेश प्रतिनिधिमा ईश्वर प्र. चापागाईं निर्विरोध चयन

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, ११ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. ३(क) बाट बागमती प्रदेश प्रतिनिधि, पेशागत विज्ञ क्लस्टरतर्फ उम्मेदवारी दिनुभएका ईश्वर प्र. चापागाईं (नवीन) सर्वसम्मत रूपमा निर्विरोध चयन हुनुभएको छ।

स्वास्थ्य क्षेत्रका ट्रेड युनियनमा जिल्ला तहदेखि केन्द्रीय तहसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गर्नुभएका चापागाईंले आफ्नो उम्मेदवारीमार्फत युवा तथा पेशागत क्षेत्रका आवाजलाई पार्टीभित्र सशक्त रूपमा स्थापित गर्ने, स्वास्थ्यकर्मी तथा पेशाकर्मीका हकहित, सम्मान, सुरक्षा, रोजगारी र वृत्ति विकासका सवाललाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

त्यस्तै, पार्टीको नीति निर्माण तथा निर्णय प्रक्रियामा पेशागत विज्ञताको उपयोग गर्दै कांग्रेसलाई अझ पारदर्शी, जवाफदेही, जनमुखी र युवासँग जोडिएको पार्टीका रूपमा अघि बढाउन योगदान गर्ने उहाँको प्रतिबद्धता रहेको थियो।

उहाँको निर्विरोध चयनलाई चितवन–३(क) का प्रतिनिधिहरूबीचको सहमति, विश्वास र पेशागत क्षेत्रको प्रभावकारी प्रतिनिधित्वप्रतिको अपेक्षाका रूपमा लिइएको छ।

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *