साउनको अन्तिम सोमबारका अवसरमा आज बिहान पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो

सुमन श्रेष्ठ

साउनको अन्तिम सोमबारका अवसरमा आज बिहान पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ।

advertisement

तिथिअनुसार अझै दुई सोमबार नै साउने सोमबारमा पर्ने भए पनि साउन महिनाको सोमबार भने भने आज सकिएको छ।

साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधाना गर्दछन्।

advertisement

सोमबारको ब्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ।