एसिसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३४८ रनको लक्ष्य दिएको छ।
बिहीबार मलेसियामा भएको समूह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ३४७ रन बनाएको हो।
नेपालका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले १४२ रन जोडे। उनले १७ चौका र २ छक्का प्रहार गरे। आकाश त्रिपाठी ८९ रन बनाएर आउट भए।
दीपक बोहोराले २९, विशालविक्रम केसीले २४, दीपक डुम्रे र दिपेश कँडेलले १४/१४, मिलन बोहोराले ९ रनको योगदान दिए
आजको खेलमा साउदी अरबलाई हराए नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ।