कृतिमानी जित निकाल्दै भारत फाइनलमा प्रवेश

धनगढी टुडे समाचार डेस्क

आईसीसी क्रिकेट विश्वकपमा भारत फाइनलमा प्रवेश गरेको छ । भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

advertisement

भारतको ब्याटिङमा रोहित शर्मादेखि केएल राहुलसम्म सबैले उत्कृष्ट पारी खेले तर बलिङमा भने एकजना बलरले कमान्ड लिए । उनी हुन् मोहम्मद शामी हो । यो ठूलो खेलमा मोहम्मद शामीले न्युजिल्याण्ड विरुद्ध ७ विकेट लिएर बुधबार सनसनी मच्चाए । ३३ औं ओभरपछि न्युजिल्यान्डको लगातार २ विकेट लिए ।

यो अवधिमा शमी विश्वकपमा सबैभन्दा कम इनिङ्समा ५० विकेट लिने बलर पनि बनेका छन् । शमीले यस मामिलामा अष्ट्रेलियाका मिचेल स्टार्कलाई पछि पारेका छन् । भारतका यी बलर मोहम्मद शामीले एकदिवसीय विश्वकपको १७ इनिङ्समा मात्रै ५० विकेट लिने कीर्तिमान बनाएका छन् । मोहम्मद शामी यस प्रतियोगितामा २३ विकेट लिएर सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

advertisement

मोहम्मद शामीले विश्वकपको १९ इनिङ्समा ५० विकेट लिने अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् । यो सूचीमा तेस्रो नम्बरमा श्रीलंकाका पूर्व फास्ट बलर लसिथ मालिंगाको नाम समावेश छ, जसले विश्वकपको २५ इनिङ्समा ५० विकेट लिने कीर्तिमान बनाएका थिए ।

यसबाहेक यो सूचीमा चौथो स्थानमा न्यूजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्टको नाम समावेश छ, जसले विश्वकपको २८ इनिङ्समा ५० विकेट लिने उपलब्धि हासिल गरेका छन् । हालको विश्वकपको कुरा गर्ने हो भने शमी अहिले तेस्रो सर्वाधिक विकेट लिने बलर बनेका छन् । यस विश्वकपमा अष्ट्रेलियाका एडम जाम्पाले ९ खेलमा २२ विकेट लिएर सामीभन्दा बढी विकेट लिएका थिए तर अब मोहम्मद सामीले उनलाई पछि पार्दै ६ खेलमा २३ विकेट लिएका छन् ।