फूलबारी एकेडेमीमा तेस्रो फुड फेस्टिभल कार्यक्रम सम्पन्न

धनगढी टुडे समाचार डेस्क

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको फूलबारी एकेडेमीले तेस्रो फुड फेस्टिभल कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १० मा अध्यनरत विद्यार्थीहरुले सामाजिक शिक्षा अन्तर्गतको संस्कृति संरक्षणका लागि सो कार्यक्रमको आयोजना गरेका हुन् ।

advertisement

विद्यार्थीहरुले विद्यालयमा अनुपस्थित हुँदा तिरेको पैसा र अरु थप विद्यालयको सहयोगमा कार्यक्रम गरेको बताए । कार्यक्रममा थारु संस्कृति र सुदुरपश्चिमेली संस्कृतिका विभिन्न खानाका परिकारहरु विद्यालयमै पकाई विद्यार्थी तथा शिक्षकहरूलाई चखाएका थिए ।

advertisement

फेस्टिभलमा थारु समुदायमा चाडपर्वका समयमा बनाइने विशेष परिकारहरु ढिक्री, घोङ्गी, अन्दिको भात, अम्चुरको चटनी, बयरको चट्नी, सिद्राको चटनी, पुरी, पकौडा, अन्दीको रोटी लगायतका विभिन्न परिकारहरु बनाएका थिए भने सुदुरपश्चिमेली परिकारहरुमा राइतो, निसस्या, बटुक, कोदोको माडा, दहीको माडा, बाबर, तिलको लड्डु, चुगानी लगायतका परिकारहरु बनाएका थिए ।

थारु समुदाय र पहाडी समुदायले लगाउने परम्परागत पहिरनमा सजिएका विद्यार्थीहरुले फेस्टिभलमा राखिएका परिकारहरूको महत्त्वका बारेमा वर्णन गर्दै सबैलाई जानकारी गराएका थिए ।

कार्यक्रममा फूलबारी बहुमुखी क्याम्पसका निबर्तमान क्याम्पस प्रमुख रुद्र प्रसाद काफ्ले, पत्रकार रमेस ऐडी, लगायत विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

विद्यालयका प्रीन्सिपल राजेन्द्र प्रसाद चापागाईले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको सुरुवातमा कायक्रमको उद्देश्य प्रकाश पार्दै विषय प्रवेश गराउदै उहाले अहिलेको युवा पुस्ता बिदेशि एवम् बजारिया खानेकुरा मात्र मन पराउन थालेसङ्गै स्वस्थ्यमा नकारात्मक असर पर्नुका साथै खर्च समेत बढेको छ भने हाम्रो मौलिक खाना पनि लोप हुदै गैरहेको छ । तसर्थ स्थानीय मौलिक खानाको प्रचार प्रसार गर्न यस्ता कार्यक्रमहरु गर्नुपरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै फूलवारी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख रुद्र प्रसद काफ्लेले हाम्रो मौलिक संस्कृति हाम्रो पाहिचान हो र आफ्नै मौलिक खानाले हाम्रो संस्कृति र पहिचान कायम राख्ने हुँदा युवा विद्यार्थीहरुलाई यस तर्फ आकर्षित गर्न यस्ता कार्यक्रमले विशेष महत्व राख्ने विस्वास ब्यक्त गर्नु भयो।

त्यस्तै विद्यालयका संस्कृत विषयका शिक्षक राम प्रसाद भण्डारीले यस्ता कार्यक्रमले स्थानीय मौलिक संस्कृतिको जगेर्ना गर्नुकासाथै हाम्रो स्वस्थ्य र संस्कार कायम राख्न मद्द्त गर्ने विस्वास गर्नु भयो ।

कार्यक्रममा अग्रणी पत्रकार श्री रमेस ऐडीले स्थानीय थारु एवम् पहाडि समुदायको मौलिक परिकारहरु विद्यार्थीहरुको सक्रियतामा बनाउनु र प्रदर्शन गर्नु सराहनीय काम भएको र अबको दिनमा यसलाई केवल प्रदर्शनमा मात्र सिमित नगरी ब्यावसायीकतामा समेत ध्यान दिनुपर्नेमा जोड दिनु भयो।