पञ्जावलाई २१ रनले हराउँदै लखनउ विजयी

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, १८ चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । शनिबार राति भएको खेलमा लखनउले पञ्जाव किंग्सलाई २१ रनले हराएको हो । २०० रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन मात्रै बनाउन सक्यो ।

advertisement

पञ्जावका लागि कप्तान शिखर धवनले सर्वाधिक ७० रनको योगदान गरे । यस्तै जोनी ब्रेस्टोले ४२ र लाइम लिभिङस्टोनले २८ रन बनाए । लखनउका लागि मयंक यादवले ३ र मोहसिन खानले २ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । लखनउका क्विन्टन डि काकले सर्वाधिक ५४ रन बनाए । कप्तान निकोलस पूरन ४२, क्रुणाल पाण्ड्या ४३, मार्कस स्टझयनिस १९ र केएल राहुल १५ रन बनाए ।

advertisement

पञ्जाबका सेम कुरनले ३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट लिए । कगिसो रबाडा र राहुल चाहरले समान १/१ विकेट लिए । आज आईपीएलमा दुईवटा खेल हुँदै छ । गुजरात टाइटन्सले सनराइजर्स हैदरावादसँग र दिल्ली क्यपिटल्सले चेन्नाइ सुपर किंग्ससँग खेल्ने छ ।