काठमाडौं, २२ चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्सले गुजरात टाइटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय रनको लक्ष्य पछ्याएको पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
पन्जाबका शशांक सिंहले सर्वाधिक ६१ रनको अविजित इनिङ खेले । आशुतोष शर्मा ३१, शिखर धवन १, जोनी बेयरस्टो २२, प्रभसिम्रन सिंह ३५, साम करन ५ र सिकन्दर राजा १५ रनमा आउट भए ।
गुजरातका नुर अहमदले २, आजमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकाण्डेले १/१ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ८९ रनको अविजित पारी खेले पनि जित्नलाई प्रयाप्त हुन सकेन ।
पन्जाबका कागिसो रबाडाले २, हरप्रीत ब्रार र हर्षल पटेलले १/१ विकेट लिए ।
आजको खेल सन राइजर्स हैदराबाद र चेन्नइ सुपर किङ्स बिच हुनेछ ।