चेन्नई सुपर किंग्सद्वारा कोलकाता नाइट राइडर्स ७ विकेटले पराजित

धनगढी टुडे समाचार डेस्क

काठमाडौँ, २७ चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल)मा
चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । सोमबार राती भएको खेलमा चेन्नई सुपर किंग्स ७ विकेटले जित हासिल गरेको हो ।

advertisement

जितसँगै ५ खेल खेलेको चेन्नई ६ अंकसहित चौथो स्थानमा छ भने कोलकाता ४ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ ।

कोलकाताले दिएको १३८ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

advertisement

चेन्नईका ऋतुराजले सर्वाधिक ६७ रन बनाए । शिवम दुबे २८, डेरिल मिचेल २५ र रचिन रविन्द्र १५ रनमा आउट हुँदा धोनी १ रनमा अविजित रहे ।

कोलकाताका वैभव अरोडाले २ र सुनील नारायणले १ विकेट लिए ।

त्यसअघि एम ए चिन्दबरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धाित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

कोलकाताका कप्तान श्रेयस अय्यरले सर्वाधिक ३४ रन बनाए । सुनील नारायण २७, अंगकृष रघुवंशी २४, रमनदीप सिंह १३ र आन्द्रे रसेल १० रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

चेन्नईका तुषार देशपाण्डे र रविन्द्र जडेजाले ३/३ विकेट लिएश्र मुस्तफिजुर रहमानले २ विकेट लिँदा महिश थीक्षणाको नाममा १ विकेट लिए ।