काठमाडौं, २९ चैत्र । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।गएराति भएको खेकमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो ।
जारी सिजनको चार खेलसम्म अविजित रहेको राजस्थानले गएराति १९६ रनको योगफल तयार पारेको अवस्थामा पनि पराजय ब्यहोरेको हो ।
राजस्थानले दिएको १९७ रनको लक्ष्य गुजरातले अन्तिम ओभरमा १५ रन प्रहार गरी पूरा गर्यो।
त्यसक्रममा रसिद खानले तीन चौका प्रहार गरे। पाँचौं बलमा राहुल टेवाटिया रन आउट भएका थिए । अन्तिम बलमा २ रन आवश्यक रहेकोमा रसिद खानले चौका प्रहार गरी गुजरातलाई जित दिलाएका थिए ।
११ बल खेलेका रासिदले ४ चौका प्रहारबाट २४ रन जोड्दै नट आउट रहे । त्यस्तै कप्तान शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गरी ७२ रन बनाए । ओपनर साई सुदर्शनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३५ रन बनाए । राहुल टेवाटियाले २२, विजय कुमारले १६ र शाहरूख खानले १४ रनको योगदान गरे ।
बलिङतर्फ राजस्थानका कुलदीप सेनले ३, युजवेन्द्र चाहलले २ र अवेश खानले एक विकेट लिए ।
सवाई मानसिंह स्टेडियममा पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेट मात्र गुमाएर १९६ रनको योगफल तयार पारेको थियो ।
त्यस क्रममा कप्तान सन्जु सामसन ६८ रन बनाएर नट आउट रहे । त्यस्तै ५ बल खेलका सिम्रोन हेटमेयर १ चौका र १ छक्का प्रहार गरी १३ रन बनाएर नट आउट रहे ।
त्यसअघि रियान परागले ७६ रन बनाए । ओपनर यशश्वी जैसवालले २५ र जोश बट्लरले ८ रन जोडे ।
बलिङतर्फ गुजरातका उमेश यादव, रशिद खान र मोहित शर्माले एक/एक विकेट लिए।