अनु अर्याल
धनगढी
घुम्तीमा घुम्न चाहनेलाई बाइ भन्न सकियोस् ।
समयसंगै जोडिनेलाइ हाइ भन्न सकियोस् ।
नराम्रोलाई बिर्सन सकियोस् ।
राम्रोलाइ अनुसरण गर्दै समय चिन्ह सकियोस् ।
अवस्था चिन्दै,मान्छे चिन्दै सहि बाटो हिड्न सकियोस् ।
धर्य गर्न सकियोस् ।
अस्ताए पनि समय सँगै उदाउनु छ भन्दै नयाँ वर्ष आउदैछ, मनमा आशा भर्न सकियोस् ।
नयाँ सपना बुन्न सकियोस् ।
मन भरी खुशीका किरण भर्न सकियोस् ।
बैसाख जेठमा वन भरी नयाँ पालुवा फेरिए जस्तै
साल फेरिने छ, महिना, दिन, बार, गते फेरिने छ ।
राम्रो मात्रै होइन नराम्रो परिस्थिति फेर्न सकियोस् ।
साल बद्लीदा हाल फेर्न सकियोस् ।
यस्तै यस्तै आवश्व हुन्छ मनमा त्यसैले जिन्दगीमा लाग्छ नयाँ वर्ष आउदैछ ।
सबैले शुभकामनाको शब्द बुन्दै गर्दा मलाई पनि सबैलाई शुभकामना दिन मन लाउदैछ त्यसैले शुभकामना यहिँ छ म बाट नयाँ वर्ष नजिकिंदै गर्दा सबैको घर घरमा रमाइलो भर्न सकियोस् ।