काठमाडौं, ३ बैशाख । एसीसी पुरुष टि-२० प्रिमियर कप अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल हङकङसङ्ग खेल्दै छ ।
ओमानको अल अमिरत क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार बिहान ११:१५ बाट शुरू हुने छ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेशियालाई ५ विकेट तथा दोस्रोमा कतारलाई ३२ रनले पराजित गरेको थियो । नेपालको समूह चरणको अन्तिम खेल आगामी बुधबार साउदी अरेबियासङ्ग खेल्नेछ ।
यो समूहमा हाल अंक तालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ भने हङकङ चौथो स्थानमा रहेको छ ।