चेन्नईलाई पराजित गर्दै बेंग्लोर प्लेअफमा

धनगढी टुडे समाचार डेस्क

काठमाडौँ, ६ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर प्लेअफमा पुगेको छ । बेंग्लोरले लिग चरणको अन्तिम खेलमा चेन्नईलाई २७ रनले पराजित गरेको हो ।

advertisement

बेंग्लोर आईपीएलको प्लेअफमा पुग्ने अन्तिम टोली हो। यसअघि नै कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन्।

चेन्नईले २०१ रन बनाएको भएपनि बेंग्लोर प्लेअफ दौडबाट बाहिरिने समीकरण थियो। तर, बेंग्लोरले दिएको २१९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनाउन सक्यो ।

advertisement

चेन्नईका रचिन रविन्द्रले सर्वाधिक ६१, अजिंक्य रहाणे ३३ र महेन्द्रसिंह धोनी २५ रनमा आउट हुँदा रविन्द्र जडेजा ४२ र शार्दुल ठाकुर १ रनमा अविजित रहे ।

चेन्नईका अन्यले ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । बेंग्लोरका यश दयालले सर्वाधिक २ विकेट लिए । ग्लेन म्याक्सवेल, मोहम्मद सिराज लौकी फर्ग्युसन र क्यारुन ग्रीनले १/१ विकेट लिए।

त्यसअघि एम चिन्‍नास्‍वामी स्‍टेडियम टस हारेर पहिला ब्याटिङ थालेको बेंग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो ।

बेंग्लोरका कप्तान फाफ डुप्लेसीले सर्वाधिक ५४ विराट कोहली ४७, रजन पाटीदार ४१, ग्लेन म्याक्सेवल १६ र दिनेश कार्तिक १४ रनमा आउट हुँदा क्यामरुन ग्रिन ३८ रनमा अविजित रहे ।

चेन्नघका शार्दुल ठाकुरले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ६१ रन खर्चिए। तुषार देशपाण्डे र मिचेल स्यान्टेनरल १/१ विकेट लिए ।