धनगढीकाे तापक्रम ४४ डिग्री नाघ्याे

धनगढी टुडे समाचार डेस्क

धनगढी, १७ जेठ । सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ ।

advertisement

माैसम तथा विज्ञान विभाग अन्तर्गतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

कार्यालयका माैसम विज्ञान सहायक सिंगल चाैधरीले दिउँसो मापन गरिएकाे रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसकाे रेकर्ड बिहीबार नै तोडिएको बताए ।

advertisement

बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको माैसम तथा विज्ञान विभागले जनाएकाे छ ।