काठमाडौं, २० जेठ । रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार राति सम्पन्न फाइनल खेलमा बोरुसिया डर्टमुन्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले १५औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे । खेलको ७४औं मिनेटमा कार्भाजलले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएb। टोनी क्रुसको कर्नरमा कार्भाजलले हेडरमार्फत गोल गरेका थिए ।
त्यसको ९ मिनेटपछि भिनिसियसले गोल गर्दै रियललाई २–० को जित दिलाए ।
प्रशिक्षक कार्लो एन्सेलोट्टीको यो कीर्तिमानी पाँचौं च्याम्पियन्स लिग उपाधि हो । यता कार्भाजल, लुका मोड्रिच, टोनी क्रुस र नाचोले छैटौं पटक युरोपियन कपको उपाधि जित्दै रियलका पाको जेन्टोले बनाएको बेन्चमार्क बराबरी गरेका छन् ।