काठमाडौँ, २२ जेठ । आईसिसी टी-२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए । खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए ।
करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए । अनिल शाहले १२ बलमा ११ रन जोडे । त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए ।