आइसिसी टी-२० विश्वकप: क्यानडाद्वारा आयरल्याण्डलाई १२ रनले पराजित

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, २६ जेठ । आइसिसी टी–२० विश्वकप क्रिकेटमा शुक्रबार भएको खेलमा क्यानडाले आयरल्याण्डलाई १२ रनले पराजित गरेको छ ।

advertisement

न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा क्यानडाले पहिले ब्याटिङ गर्दै १३७ रन बनाएको थियो ।

जवाफमा आयरल्याण्डले खराब सुरुवात गरेको थियो । कप्तान पल स्टर्लिङले ९ रन मात्र बनाउन सके । त्यस्तै बालबर्नीले १८ तथा ह्यारी टेक्टरले ७ रन मात्र जोडे ।

advertisement

लोर्कान टकरले १०, कर्टिस क्याम्फरले ४ रन बनाए । मध्यक्रममा जर्ज डकरेल र मार्क एडेयरले १०० रनको स्कोर पार गरे । त्यसपछि अडेयर ३४ रन बनाएर आउट भए । डकरेलले ३० रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।