युरोकप फूटबल: क्रोएसियामाथि स्पेनको एकपक्षीय जित

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, २ असार । स्पेनले युरोकपमा क्रोएसियामाथि जित हासिल गरेको छ । ओलम्पिक स्टेडियममा शनिबार राति सम्पन्न खेलमा स्पेन ३-० गोल अन्तरले विजयी भएको हो ।

advertisement

अल्भारो मोराटा, फेबियन रुइज र ड्यानी कार्भाजले खेलको पहिलो हाफमै गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाएका थिए ।

८०औं मिनेटमा क्रोएसियाका ब्रुनो पेटकोभिकले दुई पटक पेनाल्टी प्रहार गरे पनि सफल हुन सकेनन् । योसँगै क्रोएसियाले खेलमा गोलअन्तर कम गर्ने मौका समेत गुमायो ।

advertisement