धनगढी, ७ असार । जंगली बँदेलको आक्रमणबाट एक किशोरी गम्भीर घाइते भएकी छिन । घाइते हुनेमा धनगढी उपमहानगरपालिका-१४, ‘बि’ गाउँ बस्ने अन्दाजी १८ वर्षीय सुस्मिता पुन मगर रहेकी छिन ।
मगरलाई आज (शुक्रवार) दिउँसो 4 बजेतिर भड्तालको जङ्गलमा आक्रमण गरेको हो । उनको पेट र ढाडमा गहिरो चोट लागेको छ । उनी बाख्रा चराउन जङ्गल गएको पारिवारिक श्रोतले जनाएको छ ।
घाइते मगरलाई स्थानीयको सहयोगमा एम्बुलेन्स मार्फत उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल पुर्याइएको स्थानीय लक्ष्मी प्रसाद देवकोटाले बताउनुभयो ।