काठमाडौं, ८ साउन । एसिया कप टी-२० महिला क्रिकेटमा भारतले नेपालसामु १७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
नवौं संस्करणको उक्त प्रतियोगिता श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको हो ।
भारतका लागि ओपनर शफाली बर्माले सर्वाधिक ८१ रन बनाइन् । बर्माले दयालन हेमलतासँग मिलेर पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरेकी थिइन्। हेमलता ४७ रन बनाएर आउट भइन् ।
सजीवन सजना १० रन बनाएर आउट हुँदा जेमिमाह रोड्रिग्ज २८ र ऋचा घोष ६ रनमा अविजित रहे। बलिङमा नेपालकी सीता रानामगरले २/२ विकेट र कविता जोशीले एक विकेट लिइन् ।