धनगढीका मेयर हमाल दिल्लीको म्याक्स अस्पताल भर्ना

धनगढी टुडे समाचार डेस्क

धनगढी, २३ मङ्सिर । स्वास्थ्यमा समस्या देखिएपछि कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि दिल्लीको म्याक्स अस्पतालमा भर्ना गरिएको छ । उनकी छोरी आर्जुले यसबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् ।

advertisement

श्वास फेर्न समस्या भएपछि शुक्रबार नै हमाललाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि दिल्ली पठाइएको हो ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका हुन् ।

advertisement