साउनदेखि ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, अब कति पाउँछन् ?

धनगढी टुडे समाचार डेस्क

धनगढी, २४ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ता ईसीडी शिक्षक र विद्यालय कर्मचारी लेखापाल र कार्यालय सहयोगीको तलबभत्ता बढ्ने जानकारी दिएका छन् । एक अन्तर्वार्तामा बोल्दै आगामी साउन १ गतेदेखि हाल कायम रहेको तलबमा वृद्धि हुने उनको भनाइ छ ।

advertisement

बाल विकास सहजकर्ता र लेखापाललाई संघ सरकारले दिने १७ हजार सात सयमा स्थानीय तहले ९ हजार थप गरी दिँदा २६ हजार ७ पुग्ने सापकोटाको भनाइ छ। त्यसैगरी उनले कार्यालय सहयोगीको साउनदेखि १३ हजार ६ सय हुने र स्थानीय तहले ९ हजार थपेर दिँदा २२ हजार ६ सय पुग्ने बताए । हाल बाल विकास शिक्षकले संघ सरकारबाट १० हजार र लेखापालले १३ हजार ५ सय र विद्यालय सहयोगीले ८ हजार रुपैयाँ पाउँछन् । उक्त तलबमा स्थानीय सरकारले ७ हजार थप गरी दिने गरेको छ । ईसीडी शिक्षक र विद्यालय कर्चारीहरूको भनाइमा ७५३ मध्ये कतिपय स्थानीय तहले तलब दिएका छैनन् ।
सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेटमा ईसीडी शिक्षक र विद्यालय कर्मचारीका लागि १० अर्ब १६ करोड रकम छुट्याएको छ ।
Janaboli.com बाट

advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *