धनगढी, ३१ भदौ । सरकारले असोज १ गते (बुधबार) शोक दिवस मनाउने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा शोक दिवक मनाउने निर्णय गरेको गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए ।
मन्त्री अर्यालका अनुसार बुधबार (असोज १) शोक दिवस मनाउने र त्यस दिन सार्वजनिक बिदा समेत दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
साथै आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय झन्डा ओड्याउने निर्णयसमेत गरिएको छ।

प्रतिक्रिया
FaceBook Comment Plugins