लिग-२ एकदिवसीय सिरिजमा आज नेपाल रअमेरिका खेल्दै

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, ९ कार्तिक । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान ११:१५ बजे सुरु हुनेछ।

नेपाली टोली यसपालि उच्च लयमा रहेकोले आजको खेलमा पनि अमेरिकालाई पराजित गर्ने दाउमा छ।

लिग-२ का बाँकी खेलहरूमा जित निकाल्नुपर्ने दबाब पनि नेपाली टोलीलाई छ।

टी-२० विश्वकपमा छनोट प्रतियोगिताको उपाधि नै जितेको नेपाली टोली ओमानबाटै यो सिरिज खेल्नका लागि युएई गएको थियो।

नेपालले ३० अक्टोबरमा युएईसँग, १ नोभेम्बरमा अमेरिकासँग र ५ नोभेम्बरमा फेरि युएईसँग खेल्ने तालिका रहेको छ।

लिग-२ मा १६ खेल खेल्दा १२ अंक मात्र जोडेको नेपाल सातौं स्थानमा छ । दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने यूएई ६ अंकसहित आठौं स्थानमा छ ।

नेपाली टोली:
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी

प्रतिक्रिया

FaceBook Comment Plugins