भलिबलमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, १९ साउन । नेपाली महिला टिमले भारतलाई भलिवलमा पहिलो पटक हराएको छ । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा नेपालले भारतलाई पराजित गरेको हो । आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गर्‍यो ।

advertisement

त्रिपुरेश्वरको दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५-१८ ले जितेको थियो । दोस्रो सेट भारतले २५-१२ ले जित्यो । तेस्रो सेटमा नेपाल पुनः खेलमा फर्कियो र भारतलाई २४-१७ ले हरायो ।

चौथो सेट भारतले २५-१८ ले आफ्नो पक्षमा पारेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको पाँचौं तथा अन्तिम सेटमा नेपाल १५-१३ ले विजयी हुँदै भारतलाई पहिलो पटक हराउन सफल भयो ।

advertisement