नेकपा एमाले कञ्चनपुरको सात नेता कार्यकर्ताहरुलाई कार्बाही गरेको छ

सुमन श्रेष्ठ

गत शनिबार सम्पन्न भएको राष्ट्रिय युवा संघको १० औँ जिल्ला अधिवेशनमा पाटी जिल्ला सदस्य, भीमदत्त नगरपालिका १८का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटामाथि कुटपिट गरेको भन्दै सात नेता कार्यकर्तालाई कार्बाही गरेको हो ।

advertisement

एमाले कञ्चनपुरले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै देवकोटामाथि साँघात्मिक एव अमानविय रुपमा गरिएको आक्र्रमण पाटी कार्यालयमा गरिएको तोडफोड लगायतको अराजक उदण्ड घटनामा संलग्न भएको भन्दै साधारण सदस्यदेखि जिम्मेबारी खोसेको छ । २९ साउन एमाले कञ्चनपुर सचिवालय बैठकले देवकोटालाई कुटपिट गरेको भन्दै कार्बाही गरेको जनाएको छ ।

एमाले कञ्चनपुरका कावा अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा, पोलिट्ब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज नारदमुनी रानाको प्रमुख आथित्य, केन्द्रीय सदस्यद्वय नर बहादुर धामी, कृपाराम रानाको उपस्थितिमा बसेको बैठकले एमाले जिल्ला सदस्यहरु कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी,केशव चन्दको जिल्ला कमिटी सदस्य एव पाटी सदस्य नरहनेगरी निष्कासित गरेको छ । यस्तै प्रविन बोगटी, रोहित कुँवर र नविन चन्दलाई पाटी सदस्य नरहनेगरी निष्कासित गरेको छ ।

advertisement

युवा संघको समानान्तर कमिटि विस्तारका संलग्नलाई कार्बाही गर्न कावा अध्यक्ष लक्ष्मी बुढालाई जिम्मेबारी दिईएको छ । एमाले कञ्चनपुरका कावा अध्यक्ष लक्ष्मी बुढाद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा देवकोटामाथि कानुनी कार्बाहीका लागि प्रशासनसंग माग अघि सारेको छ ।

यसैविच एमाले निकट अखिल नेपाल महिला संघ कञ्चनपुरले समेत मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै पाटी जिल्ला सदस्य देवकोटामाथि कुटपिट गर्नेलाई कार्बाहीको माग अघि सारेको छ । कञ्चनपुर प्रहरीले घटनामा संलग्नमाथि कार्बाही प्रकृया अघि बढाएको जनाएको छ ।