एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेञ्जर्स ६ विकेटले पराजित

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, ११ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ । आज (बुधबार( भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेञ्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।

पोखरा एभेञ्जर्सले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे। उनले अविजित ३६ बलमा ५१ रन बनाउँदै अर्धशतकीय पारी खेले । उनको प्रदर्शनले टोलीलाई लक्ष्यसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्यो ।

यस जितसँगै सुदूरपश्चिम रोयल्सले प्रतियोगिताको तेस्रो संस्करणमा आफ्नो पहिलो जित हासिल गरेको छ ।

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *