जथाभावी फोहोर फाल्ने दुई जनालाई ५ हजारको दरले जरिवाना तिराएको छ

सुमन श्रेष्ठ

काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा फोहोर फाल्ने दुई जनालाई ५ हजारको दरले जरिवाना तिराएको छ ।

advertisement

काठमाडौं १४ कुलेश्वरको फलफूल बजारमा सडकपेटीमा फोहोर फाल्ने रविन्द्र साह र शिवपुजन साहलाई कारबाही स्वरुप जरिवाना तिराएको हो । महानगर प्रहरीका अनुसार फलफूलहरुको फोहोर सडक पेटीमा जम्मा गरेपछि कारबाही गरेको हो ।

‘काठमाडौंको सडकपेटी, नदी र अन्य कुनै पनि खुल्ला ठाउँमा फोहोर फाल्नेलाई हामीले कारबाही गर्दै आएका छौैं,’ नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

advertisement

काठमाडौं भित्र खुल्ला स्थानमा आगो बाल्न, ४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोग गरेको थाहा पाए पनि कारबाही गर्ने पाण्डेले बताए ।