गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा…

सुमन श्रेष्ठ

अव्यवस्थित तार र पोलबाटमुक्त गर्न सके पोखराको सहरी सौन्दर्य अझ कति खुल्दो हो ! पृथ्वी राजमार्ग हुँदै पोखरा छिर्दा मनमनै उब्जने प्रश्न हो यो । गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा कस्को आँखा बिझाउँदैन होला र ! हुन त बिजुलीका पोल र तार मात्र नभइ अरु थुप्रै मानव निर्मित संरचना र गतिविधि पनि प्रकृतिमय पोखराका चुनौती हुन् । यसले स्वच्छ र हराभरा पोखराको सुन्दरतामा आँच पु¥याइरहेका छन् ।

advertisement

सहरभित्र पैदल हिँड्दा होस् या गाडी चढ्दा । सडक छेउछाउ देखिने तारको जालो, जीर्ण भई ढल्केका पोल र अस्तव्यस्त संरचनाले पर्यटकीय सहर पोखरालाई नै विरुप बनाइरहेका छन् । पोलमा गुजुल्टिएका प्रयोगविहीन तार हटाउने पोखरा महानगरको योजना अलपत्र छ । नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने आयोजना पनि गतिहीन बनेको छ ।

प्राधिकरणकै सव स्टेशन रहेको पोखरा–१० कुँडहरदेखि अमरसिँहचोक, बुद्धचोक हुँदै पृथ्वीचोकसम्म सबैभन्दा भद्रगोल छ । कतै सडककै बीचमा पोल छन् । कहीँ लडेका छन् । तार भूइँसम्मै लत्रिएको छ । मुख्य राजमार्गबाहेक भित्री सडक र चोकमा पनि अवस्था उही छ । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पुराना पोल र तारको व्यवस्थापन नहुँदा पैदल यात्रुलाईसमेत बाधा पुगिरहेको बताउनुभयो । “पोल नै ढाकिने गरि तार गुजिल्टिएको छ”, उहाँले भन्नुभयो, “कतै भूइँसम्मै तार लत्रिएको हुन्छ, कुन तार के को हो छुट्ट्याउन पनि सकिन्न, हिँड्दा पनि जोखिम छ ।”
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सहरी पूर्वाधार पर्यटनमैत्री हुनुपर्ने बताउनुभयो । “पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्ने माग उठिरहेको छ, यसको सौन्दर्यीकरणमा हामी सबै लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “तत्कालै सबै तार भूमिगत गर्न नसके पनि पुराना पोल र प्रयोगविहीन तार हटाउनुपर्छ ।”उहाँले सडक र पैदल मार्गको स्तरोन्नतिमा पोखरा महानगरसहित सम्बद्ध निकायको ध्यान जानुपर्ने बताउनुभयो । पर्यटकीययाम सुरु हुनै लागेकाले पोखरा भित्रने सडकमा रहेका खाल्डाखुल्डी पुर्नेदेखि सहरलाई सफासुग्घर राख्नुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

advertisement

डाँडाकाँडा उक्लेर हिमाल र तालतलैया हेर्न मात्र पर्यटक पोखरा नआउने भन्दै उहाँले भित्री सहरलाई पनि पर्यटनमैत्री हिसाबले विकास गर्नुपर्ने धारणा राख्नुभयो । प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रशासन प्रमुख प्रदीप भुवाजीले पुराना पोल र तार हटाउन सुरु गरिएको बताउनुभयो । “पोखरामा ४० वर्षअघिको विद्युत् लाइन छ, पुरानो विस्थापित गरेर नयाँ राख्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “महानगर र प्रदेश सरकारसँग मिलेर यो कामलाई अगाडि बढाउँदैछौँ ।”

उपभोक्ताबाट छ हजार बढी पोलको माग आएको प्रमुख भुवाजीले उल्लेख गर्नुभयो । पोखरा उपत्यकाभर पुराना पोल र तार विस्थापनका लागि ठूलो बजेट चाहिने उहाँको भनाइ छ । “बजेट प्रस्ताव गरेर केन्द्रमा पठाएका छौँ, बजेट कति आउँछ सोही अनुसार यो वर्षको कामको योजना बन्छ”, प्रमुख भुवाजीले भन्नुभयो ।

विद्युतीय दुर्घटना न्यूनीकरणका लागि जीर्ण विद्युत्का पोल र गुजुल्टिएका तार हटाउन अत्यावश्यक भइसकेको उहाँको भनाइ छ । अव्यवस्थित तार र पोलका कारण हुने दुर्घटनाबाट मानिसले ज्याउन गुमाउनुपर्ने स्थिति छ । सवारीसाधन पोलमा ठोक्किँएर र करेन्ट लागेर त्यस्ता दुर्घटना हुने गरेका छन् । पोखरा वितरण केन्द्रअन्तर्गत विद्युत्का ९४ हजार एक सय ६५ ग्राहक छन् ।

वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक सङ्ख्या हो । प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीले पोखराको मुख्य राजमार्ग र पर्यटकीय गतिविधि हुने केही ठाउँमा तार भूमिगत गर्न सुरु गरिएको बताउनुभयो । ठेक्का अवधि सकिन लाग्दा तार विछ्याउने कामले गति लिन सकेको छैन । गत वैशाखदेखि तार विछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति भने निराशाजनक छ । दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो ।

ठेक्का सम्झौता भएको १५ महिनामा गत वैशाख तेस्रो सातादेखि काम सुरु भएकामा हालसम्मको भौतिक प्रगति पाँच प्रतिशतभन्दा न्यून छ । आयोजना प्रमुख सुवेदीले जमिनको बनावटका कारण काममा ढिलाइ भएको बताउनुभयो ।“पोखरामा भूगर्भको अवस्थिति प्रक्षेपण गरेभन्दा फरक पाइयो, बढी चट्टानी जमिन भएकाले उपकरणले नै काम गरेन”, उहाँले भन्नुभयो, “उपकरणदेखि कामको पूर्वयोजना र डिजाइन नै परिमार्जन गर्नुपर्ने अवस्था आयो ।”

अहिले उच्च क्षमताको उपकरण ल्याएपछि काम सुरु गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।“प्राविधिक कारणले भौतिकतर्फको काममा ढिलाइ भएको हो, यही बीचमा वर्षातको बेला पनि भयो, अब आयोजनाले गति लिन्छ”, उहाँले भन्नुभयो, “पोखरा–१० कुँडहर र पोखरा–६ लेकसाइड क्षेत्रमा तार विछ्याउने काम भइरहेको छ, निर्धारित समयमा निर्माण पूरा हुन नसकेपनि छिटोभन्द%A