एसिया कप क्रिकेटमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार

Avatar
धनगढी टुडे समाचार डेस्क

इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज रू दुई लाख प्रदान गरेको छ ।

एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्ने प्रति खेलाडीलाई रू एक लाख प्रदान गर्ने घोषणा गरेको थियो । जसअनुसार खेलकुद पत्रकार मञ्चको रोहबरमा आज यहाँ आयोजित कार्यक्रममा भारतविरुद्ध छक्का प्रहार गरेका नेपालका कुशल भुर्तेल र सोमपाल कामीलाई जनही रू एक लाख प्रदान गरिएको हो ।

भारतविरुद्धको खेलमा कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए । कुशल र सोमपाललाई फाउन्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गर्नुभयो । फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया

FaceBook Comment Plugins