कञ्चनपुरको बसपार्कमा पानी र हिलोले भए सवारी साधन र यात्रुलाई समस्या

सुमन श्रेष्ठ

कञ्चनपुरको बसपार्कको प्रवेश द्धारमा पानी र हिलोले गर्दा बसपार्कको आकर्षणलाई घटाएको छ भने, सवारी साधनहरु र यात्रुहरुलाई पनि समस्या भएको छ । जिल्लाको पहिलो नगरपालिका भीमदत्तको सदरमुकाम महेन्द्रनगरमा पहिलो नमुना बसपार्क निर्माण गरिए पनि अहिले पानी र हिलोले गर्दा समस्या भएको हो । सामान्य पानी पर्दा पनि बसपार्कको मुख्य प्रवेश द्धारमा पानी जम्ने खाल्डो पर्ने र सवारी सधनहरुलाई जान समस्या हुने यात्रुहरुलाई सकस भएको छ ।

advertisement

उक्त वसपार्कमा ७७ जिल्लाबाट यात्रुहरु आउने भारतबाट पनि आउने भएकाले आफनो जिल्लाको महत्वपूर्ण नमुना बसपार्कको अवस्था देख्दा दुख लागेको स्थानिय बिक्रम बहादुर ऐरले बताए । जिल्लाको परिचय दिने भनेकाने बसपार्क पनि किन भने बाहिरबाट आउने पर्यटकहरु अन्य जिल्लाको स्थानियहरु पहिलो पटक पाईला टेक्ने भनेकै बसपार्क भएकाले यसको मर्मत यथासिघ्र हुनु पर्ने उनले बताए । आठ करोड ३२ लाख लगानीमा चार सय सवारी साधन पार्किङ्ग गर्न सकिने गरी बसपार्क निर्माण गरिएको छ । तर यसकोमर्मत सम्भारमा खासै ध्यान जान सकेको छैन । निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टले बसपार्क भीमदत्त नगरको ठूलो योजना भएको उल्लेख गर्दै यसको सञ्चालन र व्यवस्थापनलाई प्राथमिकता दिने बताएका थिए तर अहिलेको सरकारले यसको मर्मत सम्भारमा ध्यान दिन नसकेको स्थानीयको गुनाशो रहेको छ ।

यता भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष शुसिल कुमार भट्टले कार्यपालिका बैठकबाट उक्त ठाँउमा मर्मत सम्भार गर्न १० लाख रुपैँया विनियोजन गरिएको जानकारी दिएका छन् । अहिले कोटेसन भएर स्टिमेट बनाएर नै उक्त बसपार्कमा अन्य बिभिन्न समस्याको मर्मत सम्भार गर्ने गरी रकम नै विनीयोजन गरिएको बताए । यो वर्षात रोकिए लगत्तै कामको थालनी हुने उनले बताए । भीनपा ४ मा पर्ने नगरपालिका स्वामित्वको दुई बिगाहा जमिनमा वसपार्क बनाईएको छ ।

advertisement

बसपार्क निर्माणका लागि नगरपालिकाले नगर विकाष कोषबाट ऋण लिएको थियो । अहिले बसपार्कमा टर्मिनल भवन, वासिङ्ग रुम, शौचालय ब्लक, सेकुरिटी भवन,यात्रु प्रतिक्षालय र साना सवारी पार्किङ्ग स्थल लगायतका पूर्वाधार निर्माण गरिएको छ । बसपार्कमा एक पटक चार सय सवारी पार्किङ्ग गर्न सकिने गरी निर्माण गरिएको छ । भीमदत्त नगरपालिकासित सम्झौता गरी महाकाली सेती यातायात वस व्यवसायी समिति र पवनदूत यातायात व्यवसायी समितिले बसपार्क प्रयोग गर्दै आएका छन् ।