भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

धनगढी टुडे समाचार डेस्क

काठमाण्डौ : एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई  २०३ रनको लक्ष्य दिएको छ।

advertisement

मंगलबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ र जोड्यो।

भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे। उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। जैशवाल दीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए।

advertisement

यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे।

भारतका कप्तान रुतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरेका छन्। भारतले ९.५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रन जोडेको छ।

यस्तै तिलक बर्मालाई सोमपाल कामीले २ रनमा बोल्ड गर्दा सन्दीप लामिछानेले जितेश शर्मालाई ५ रनमा आउट गरे।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । १ विकेट लिएका सन्दीपले ३ ओभरमा २८ रन खर्चिए।