एसिसी यु-१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

धनगढी टुडे समाचार डेस्क

असोज १७, काठमाडौं : एसिसी यु-१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ।

advertisement

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरहेको हो।

टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहोरा, दीपक बोहोरा, उत्तम थापा मगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहोरा छन्।

advertisement

त्यस्तै प्रज्वल थापा, विपिन रावल, निर्मल गुरूङ र राजेश यादवलाई रिजर्भमा राखिएको छ।

एसिसी यु-१९ प्रिमियर कप अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुनेछ।

१६ एसोसिएट टोली सहभागी हुने प्रतियोगितामा शीर्ष तीन स्थानमा पर्ने टिमले यु-१९ एसिया कप खेल्न पाउने छन्।