अफगानिस्तानले दियो भारतलाई २७३ रनको लक्ष्य

धनगढी टुडे समाचार डेस्क

एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत अफगानिस्तानले घरेलु टिम भारतलाई २७३ रनको लक्ष्य दिएको छ।

advertisement

दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन जोड्यो।

अफगानिस्तानका लागि कप्तान हश्मतुल्लाह शाहिदीले ८० रनको योगदान गरे। उनले ८८ बलमा ८ चौका र १ छक्क प्रहार गरे।

advertisement

अजमतुल्लाह ओमारजाइले ६२ रन बटुले। उलने ६९ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए ।

३५ ओभर चल्दै गर्दा ‌ओमारजाइलाई चौथो विकेटको रूपमा गुमाउँदा अफगानिस्तानले १८४ रन जोडेको थियो।

त्यसपछि भने अफगानिस्तानको रनको गति रोकिएको थियो। अफगानिस्तानका नाबी १९ रन र नाजीबुल्लाह जार्डान २ रनमै आउट भएका थिए। रासिद खानले फेरि अफगानिस्तानलाई अघि बढाउन खोजे पनि उनी १२ बलमा १६ रन जोडेर आउट भए।

अफगानिस्तानका ओपनरद्वय रहमुल्लाह गुरबाजले २१ रन र इब्राहिम जर्द्रनले २२ रन जोड्न सके। रहमत शाह १५ रनमा आउट भए।

बलिङमा भारतका जसप्रित बुमराहले ४ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिन सफल भए।