मेरो मन छ
-अधिवक्ता दीर्घवन्धु सुवेदी
पुतलीवजार-१३, स्याङ्जा
तिमीसँग जीवनमा विश्व घुम्न मन छ
न्यानो तिम्रो अंगालोमा बाँधी रम्न मन छ ।
जीवनको सागरमा पौडी खेल्दा खेल्दै
सगरमाथा चुचुरोमा पुगी चुम्न मन छ ।
संघर्षको जीवनका विघ्न वाधा झेल्दै
समुन्द्रको गहिराईमा मोती टिप्न मन छ ।
प्रकृतिको आँचलमा तिमीलाई सजाँएर
यौवनाका माधुर्यमा डुबी मात्न मन छ ।
अग्नी-जल चन्द्र-सुर्य समिपमा राखी
तिम्रो खाली सिउँदोमा सिन्दुर भर्न मन छ ।
मंगलमा हनिमुन चन्द्रमामा घुमी
अनुपम प्रेम छर्दै मुटु साट्न मन छ ।
तिम्रो लागि भोक-निन्द्रा सबै प्यास त्यागी
“निर्जला”मा “दर्शन”तिम्रो भक्त हुन मन छ ।