अस्पताल सञ्चालन गर्दै गेटा मेडिकल कलेज

३० असोज, धनगढी : कैलालीको गेटा मेडिकल कलजेले बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

advertisement

मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएका संरचनामा न्यूनतम स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।

गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बुधबार (भोलि) देखि आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालन गरिने जानकारी दिए । सरकारले गेटामा १०० शैय्याको अस्पताल सञ्चालनका लागि स्वीकृती दिएको भए पनि तत्काललाई आधारभूत सेवासहितको अस्पताल सञ्चालन गर्न लागिएको निर्देशक जोशीले बताए ।

advertisement

आधारभूत उपचार सेवा दिनका आवश्यक तयारी सकिएको अस्पतालले जनाएको छ । स्वास्थ्य सेवा विभागले आधारभूत सेवा सञ्चालन गर्न गेटा मेडिकल कलेजललाई आवश्यक पर्ने उपकरण उपलब्ध गराइसकेको छ ।

कात्तिक १ गतेदेखि गेटा अस्पतालबाट जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा आउनेछ। साथै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ ।

गेटामा अस्पताल सञ्चालन गर्न सरकारले ११ जना विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी समेत गरेर २६ जना जनशक्ति पठाएको छ । दुई जना विशेषज्ञ चिकित्सक बाहेकका सबै जनाले गेटा पुगेर काम थालिसकेका छन् ।

मंगलबार गेटामा पत्रकार सम्मेलन गर्दै अस्पतालले कात्तिक १ गतेदेखि ओपीडी सेवा सुरु गर्न लागेको समेत जानकारी दिइएको छ ।