टिकट बिक्रिको आधा रकम भुकम्प पीडितलाई दिने क्यानको घोषणा

धनगढी टुडे समाचार डेस्क

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार हुने टि-२० विश्वकप छनौटको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने आधा रकम भूकम्प पीडितको सहयोगार्थ दिने घोषणा गरेको छ ।

advertisement

गएराती जाजरकोट केन्द्रबिन्दु बनाएर आएको ६.४ रेक्टर स्केलको भूकम्पले पुर्‍याएको मानवीय र संरचनागत क्षतिप्रति दुख व्यक्त गर्दै क्यानले फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने आधा रकम भूकम्प पीडितको सहयोगमा दिने बताएको छ ।

आइतबार विश्वकप छनौटको फाइनलमा नेपाल र ओमान टियु क्रिकेट मैदानमा खेल्दै छन् । नेपाल र ओमान दुवै शुक्रबार भएको सेमिफाइनल जितेसँगै आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपमा छनौट भएका छन् ।

advertisement