जीप दुर्घटनामा चार जनाको मृत्यु

धनगढी टुडे समाचार डेस्क

डोटी : डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । डोटीको शिखर नगरपालिका– ६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप आइतबार बिहान दुर्घटनामा परेको हो ।

advertisement

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्युु हुनेमा बाजुराको हिमाली गाउँपालिका– ५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना रहेका छन् ।

दुर्घटनामा घाइते भएका पाँचजनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालक भने प्रहरी नियन्त्रणमा रहेका बताइएको छ । जिप सडकबाट ४० मिटर तल सेती नदीमा खसेको छ। अत्यधिक चिसो भएकाले जिप निकाल्न नसकिरहेको प्रहरीले बताएको छ।

advertisement