विश्वकप क्रीकेट : वर्षाको कारण खेल अबरुद्ध

धनगढी टुडे समाचार डेस्क

काठमाडौं : आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको खेल बर्षाको कारण अबरुद्ध भएको छ ।

advertisement

कोलकोत्ताको इडन गार्डेनमा दिउँसो २ः१५ बजे सुरु भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । दक्षिण अफ्रिाकाले ११ दशमलब ५ ओभरभित्रै चार महत्वपूर्ण विकेट गुमाएको छ । चार विकेट गुमाउँदा दक्षिण अफ्रिकाले जम्मा २४ रन मात्र बनाउन सकेको छ ।

दक्षिण अफ्रिाकाले पहिलो विकेट पहिलो ओभरमै गुमायो । दोस्रो विकेट ५ दशमलब ४ ओभरमा जम्मा ८ रन हुँदा गुमाएको हो । तीन विकेट गुमाउँदा दक्षिण अफ्रिकाले जम्मा २२ रन मात्र बनाउन सकेको छ ।

advertisement

दक्षिण अफ्रिकाले कप्तान तेम्बा बवूमालाई ० रनमा ,क्विंटन डिकॉकलाई ३ रनमा,रासी वान दर दुसें ६ रनमा तथा एडन मारक्रम १० रनमा गुमाएको हो । अष्ट्रेलियाका लागि मिचेल स्टार्क २ विकेट तथा जॉश हेजÞलवुडले २ विकेट लिए । ताजास्थीतीमा दक्षिण अफ्रिकाले १४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाएको छ ।