बैँक खाता ‘ह्याक’ गर्ने गिरोहलाई प्रहरीले लियो नियन्त्रणमा

धनगढी टुडे समाचार डेस्क

कैलालीस्थित धनगढीबाट बैँक खाता ‘ह्याक’ गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीबाट खटिएको टोलीले ९ जनालाई पक्राउ गरेको हो।

advertisement

नेपाल राष्ट्र बैँक, धनगढी नजिक कार्यालय नै स्थापना गरेर बैँकका खाताहरू ह्याक गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूलाई बुधवार प्रदेश अपराध अनुसन्धानको टोलीले पक्राउ गरेको हो। लामो अनुसन्धानपछि बुधवार जिल्ला प्रहरी कार्यालय, कैलालीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको प्रहरीले बताएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले उनीहरु सबैको परिचय खुल्न बाँकी रहेको बताए । जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुचुल्का उठाउने काम जारी हरेको डिआइजी बोहराले बताए । उनीहरूको कार्यालयबाट १० वटा ल्यापटपसमेत बरामद गरिएको छ।

उनीहरू भारतको दिल्लीमा समेत पक्राउ परेर छुटेको बुझिएको छ । अनुसन्धानमा रहेका प्रहरीका अनुसार नेपालबाट बैँक खाता ह्याक गरी उनीहरूले रकम विदेशसम्म पठाउने गरेका थिए । उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको छ ।

advertisement