फूलबारी, कैलाली : फूलबारी जेसिजको नवौँ शाखा अधिवेशनबाट सन् २०२४ का लागि अध्यक्षमा सुरज गिरी सर्वसम्मत चयन भएका छ्न् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित फूलबारी ड्राइभिङ सेन्टरको हलमा भएको महाधिवेशनले कार्यकारिणी उपाध्यक्षमा कामदेव ओझा र नन्दगोपाल राना, कानुनी सल्लाहकारमा मनोज चौधरी, महासचिवमा सुशान्त जोशी, कोषाध्यक्षमा दीपक बि.क., उपाध्यक्षहरूमा तेज पडाल, सविन गिरी, शहेन्द्र चौधरी, मनोज पुन तथा सचिवमा नवराज जोशी, शिक्षा संयोजकमा जगदीश घर्ती, तालिम आयुक्तमा रामचन्द्र कार्की र सहकोषाध्यक्षमा चन्द्रा घर्तीलाई चयन गरेको निर्वाचन आयुक्त तथा फूलबारी जेसिजका निवर्तमान अध्यक्ष विष्णुप्रसाद ओझाले बताए ।
फूलबारी जेसिज वर्ष २०२३ का अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनमा फूलबारी जेसिजका संस्थापक अध्यक्ष सुनिल सुवेदी र निवर्तमान अध्यक्ष विष्णु प्रसाद ओझा लगायतको पनि उपस्थिति रहेको थियो । सन् २०१५ मा फूलबारीमा सक्रिय युवाहरूले स्थापना गरेको फूलबारी जेसिजले समाजमा विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।