चिसो बढेसङ्गै धनगढीका विभिन्न चोकहरूमा दाउरा वितरण

धनगढी टुडे समाचार डेस्क

कैलालको धनगढीका विभिन्न चोकमा दाउरा वितरण गरिएको छ । डिभिजन वन कार्यालय, धनगढीले विभिन्न चोकहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरेको हो ।

advertisement

चिसोका कारण जनजीवन प्रभावित हुन लागेको जनाउदै दाउरा वितरण गरिएको सुदूरपश्चिमको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीको सचिवालयले बताएको छ ।

चिसो बढेर नागरिकको जनजीवन प्रभावित हुन थालेको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगो ताप्ने व्यवस्थाका लागि दाउरा वितरण गर्ने निर्णय गरेको थियो ।

advertisement