फूलबारी जेसीजको ९औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

धनगढी टुडे समाचार डेस्क

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

advertisement

फूलबारी जेसीजको बर्ष २०२४ को नयाँ कार्यसमितिको  पदस्थापन कार्यक्रम होटल एभरेस्ट फूलबारीमा सम्पन्न भएको छ।

advertisement

कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष जेसी मनोज चौधरीले वर्ष २०२४ का अध्यक्ष जेसी सुरज गिररीलाई पद हस्तान्तरण गरेका हुन् ।

कैलाली क्षेत्र नम्बर ५ का तर्फबाट प्रतिनिधिसभा सदस्य श्री डिल्लीराज पन्तको प्रमुख आतिथ्यता तथा नेपाल जेसीजका वर्ष २०२४ का राष्ट्रिय उपअध्यक्ष एवं एरिया घ का निरुपित उपाध्यक्ष्य जेसी राजन शर्मा पौडेल, नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेसका महामन्त्री श्री नरनारायण शाह ‘मनु’ धनगढ़ी उपमहानगरपालिका वार्ड नम्बर १४, १८, र १९ का वार्ड अध्यक्षहरु क्रमश: मान बहादुर बिस्ट, भुवन रिजाल र बाधुराम चौधरीको आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमको प्रथम सत्रको अध्यक्षता वर्ष २०२३ का फूलबारी जेसीजका अध्यक्ष जेसी मनोज चौधरीलेले गर्नुभएको थियो ।

कार्यक्रममा मातृ शाखा धनागढ़ी जेसिजका पुर्व अध्यक्षहरू, फूलबारी जेसीजका पुर्व अध्यक्षहरू, पत्रकार, कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति श्री डिल्ली राज पन्तले युवाहरुको समग्र विकासमा जेसिजको भूमिका रहने र फूलबारी जेसिजलाई सधै आफ्नो सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यसैगरी राष्ट्रिय उपअध्यक्ष जेसी एरिया घ का निरुपित उपाध्यक्ष्य जेसी राजन शर्मा पौडेलले युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गरि समाजको असल र जिम्मेवार नागरिक बनाउनु नै जेसीजको उद्देश्य रहेको बताउनुभयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै जेसिजमा समर्पित यूवाहरुले विषेशगरि आफ्नो लगाई, खुवाई तथा बोलाईलाई अनुसासित बनाउनुपर्नेमा जोड दिनुभयो ।

धनगढ़ी उपमहानगरपालिका नम्बर १८ का वार्ड अध्यक्ष श्री भुवन रिजालले आफु पनि फूलवारी जेसिजको सस्थापक कानुनि सल्लाहकार भै काम गरेकाले पनि फूलबारी जेसीजसंग भावनात्मक सम्बन्ध रहेको र फूलबारी जेसिजसंग मिलेर  युवाहरुका लागि थुप्रै कामहरु गर्न सकिने बताउनुभयो। उहाँले फूलबारी जेसीजको कार्य सम्पादनमा सहज होस् भन्ने उद्देश्यले  यसको सचिवालय भवनका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमलाई फूलबारी जेसीजका संस्थापक  अध्यक्ष,जेसी सुनिल सुबेदी, पुर्व अध्यक्षहरु लक्ष्मीराज ओझा, विकास नेपाली लगायतले धन्यवाद एवं शुभकामना मन्तब्य राख्नू भयको थियो ।

स्थानीय कलाकारहरुको विशेषग सास्कृतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रममा धनगढ़ी उपमहानगरपालिका वार्ड नम्बर १९ खेदाका रास्ट्रीय महिला फुटवल खेलाडी सुश्री अस्मिता चौधरी (हेमा)लाई लोकेन्द्र-मोहन यूवा वर्ष सम्मान पुरस्कारबाट सम्मान गरेको थियो ।